काठमाण्डु – मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा मुछिएका अध्यक्ष शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् ।
सहकारी ठगी मुद्दा अदालतमा दर्ता भएपछि अध्यक्ष रौनियार फरार थिए ।
उनी सोमबार दिउँसो अदालतमा उपस्थित भए पनि बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अध्यक्ष रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान जारी छ । मंगलबार उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
सहकारीको बचत अपचलन मुद्दामा अध्यक्ष रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना आरोपी छन् ।
सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो मागदाबीसहित मंसिर २७ गते मुद्दा दायर गरिएको थियो । मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मुद्दामा सांसद पोखरेल पत्नी अन्जलालाई १० लाख धरौटीमा रिहा गरिएको थियो ।




प्रतिक्रिया