काठमाण्डु – बालयौन दुरुपयोग मुद्दामा कृषि विज्ञ मदन राईलाई साढे २ वर्ष जेल सजाय भएको छ ।
शुक्रबार खोटाङ जिल्ला अदालतले सजाय निर्धारण गर्दै उनलाई साढे २ वर्ष जेल सजाय र १ लाख जरिवाना तोकेको छ ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले सजाय निर्धारण गर्दै पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति दिन आदेश गरेको छ ।
अदालतका सूचना अधिकृत सुदिपकुमार भट्टराईले न्यायाधीश दाहालको इजलासले राईले नैतिक पतन देखिने कसूर गरेको ठहर गरेको बताए ।
राईले पीडित राहत कोषमा ४ हजार रुपैयाँ समेत दाखिला गर्नुपर्नेछ । न्यायाधीश दाहालको इजलासले गत माघ १० गते राईलाई दोषी ठहर गरेकोमा शुक्रबार सजाय निर्धारण गरेको छ ।
आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते उनी पक्राउ परेका थिए । जेठ २२ गते उनी ४ लाख धरौटीमा रिहा भएका थिए ।




प्रतिक्रिया