काठमाण्डु जिल्ला अदालतका यी इजलाश अनिश्चितकालका लागि स्थगित

काठमाण्डु जिल्ला अदालतका यी इजलाश अनिश्चितकालका लागि स्थगित


काठमाण्डु – मेलम्ची खानेपानीको पाइप फुटेर अदालतको भूइँतलामा जलमग्न भई क्षति पुगेपछि काठमाण्डु जिल्ला अदालतले पेशी लगायत सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

बुधबार अदालतको प्रशासन शाखाले सूचना प्रकाशित गरी अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मको लागि प्रभावित फाँट र इजलाश सञ्चालन नहुने जनाएको छ ।

अदालतको सूचनामा लेखिएको छ, ‘मेलम्ची खानेपानीको पाइप फटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भूइँतलामा रहेको २६, २७, २८ र २९ नं. फाँटमा क्षति पुगेकोले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेशी तथा २६, २७, २८ र २९ इजलाश अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मको लागि सञ्चालन नहुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’