प्रहरी कुटेको आरोप लागेका ५ जना धरौटीमा रिहा

प्रहरी कुटेको आरोप लागेका ५ जना धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठमेलमा प्रहरी कुटेको आरोपमा पक्राउ परेका नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेता कमलराज जोशीसहित ५ जनालाई धरौटीमा छाड्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जना विद्यार्थी नेतालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

पक्राउ परेका रमेश फुलारालाई १५ हजार र कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) एकाई पूर्वअध्यक्ष रहेका छन् ।

प्रहरी वृत्त दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए ।