संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्धको रिटको सुनुवाइलाई सर्वाेच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

अदालतको संवैधानिक इजलासमा दोस्रो दिनको सुनुवाइका क्रममा बुधबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, शम्भु थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईं, पुनदेवी महर्जन, मोहना अन्सारी लगायत ७ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका छन् ।

इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

सुनुवाइको अर्को पेशी चैत ६ गतेलाई तोकिएको छ । यसअघि गत माघ ३० गते निवेदक अधिवक्ता ओमप्रकाश अर्याल र ज्ञवालीले बहस गरेका थिए । त्यसयता रिट हेर्दाहेर्दैमा राखिँदै आएको छ ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार छन् । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले संवैधानिक निकायहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै त्यसविरुद्ध रिट दायर भएको थियो ।