उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मंगलबार प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठन सम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार अदालत गठन भएको छ । सरकारले काठमाण्डु उपत्यका मुकाम रहने गरी काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्ता सम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन छ ।

उपभोक्ता अदालतमा काठमाण्डु जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । न्याय समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ ।