काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ ।
लामिछाने पत्नी निकिता पौडेलले उनलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश बदरको माग गर्दै आईतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी कसुरमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पक्राउ परेका लामिछाने भैरहवा कारागारमा छन् ।
त्यसअघि उनलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । उच्चले जिल्लाको आदेश खारेज गर्दै चैत २२ गते लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।




प्रतिक्रिया