सर्वाेच्च अदालतमा कर्मचारीको ‘कु’ ! हतारहतार रिहा गरिए रेशम चौधरी

सर्वाेच्च अदालतमा कर्मचारीको ‘कु’ ! हतारहतार रिहा गरिए रेशम चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतमा सुनवाइ, आदेश र फैसला नहुँदै कर्मचारीले ‘कु’ गरेर लेखेको पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी हतारहतार रिहा गरिएका छन् ।

सर्वाेच्च अदालतको नामबाट कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेर चौधरीलाई थुनामा राख्न भनिएपछि प्रहरीले तत्कालै पक्राउ गरेको थियो तर सर्वाेच्चको नामबाट भएको पत्राचार अनाधिकृत भएको ठहर भएपछि सर्वाेच्चकै पत्रका आधारमा बुधबार साँझ उनलाई रिहा गरिएको छ ।

बुधबार दिउँसो पूर्वनिर्धारित जनमत पार्टीसँग एकता घोषणा सभा कार्यक्रमअघि प्रज्ञा भवन परिसरबाट उनी पक्राउ परेका थिए । यसबीच ४ घण्टामा भएका नाटकीय घटनाक्रमबीच चौधरी रिहा भएका छन् । अनाधिकृत पत्र लेखेर रेशमलाई थुनामा पुर्‍याउने अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतका कर्मचारीबाट भएको ‘कु’ अन्ततः असफल भएको छ । अनपेक्षित घटनाक्रमका कारण जनमत र नाउपाको एकता घोषणासभा स्थगित भएको छ ।