काठमाण्डु – सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको रिट निवेदन सर्वाेच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको निवेदनमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
रिटमाथि अब अर्काे दिन हेर्दाहेर्दैबाटै सुनुवाइ हुनेछ । यसअघि रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा पर्दा सुनुवाइ हुन सकेको थिएन ।
सभापति लामिछानेलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।




प्रतिक्रिया