धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज, समाचार हटाउने आदेश स्वतः रद्द

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज, समाचार हटाउने आदेश स्वतः रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित समाचारविरुद्ध जिल्ला अदालत काठमाण्डुमा पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज हुने फैसला गरेको छ ।

यससँगै अदालतबाट यसअघि भएको समाचार हटाउने अन्तरिम आदेश समेत स्वतः रद्द भएको छ । यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासले विपक्षीको मत नै नबुझी समाचार हटाउने आदेश दिएका थिए ।

बिजमाण्डु र नेपालखबर अनलाइनले प्रकाशित गरेको समाचारविरुद्ध अध्यक्ष श्रेष्ठ अदालत गएका थिए ।