देउवापुत्र जयवीरविरुद्ध सामाजिक सञ्जालमा लेख्ने केसीलाई धरौटीमा रिहा गर्न आदेश

देउवापुत्र जयवीरविरुद्ध सामाजिक सञ्जालमा लेख्ने केसीलाई धरौटीमा रिहा गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि पक्राउ परेका राप्रपा नेपालका युवा नेता सुजित केसी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाण्डुका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जयवीरले तारे होटल हिल्टन खरिद गरेको भन्दै लेखेका केसीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो ।

बुधबार केसीको तर्फबाट नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए ।

यसअघि केसीका परिवारले हालेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरिसकेको थियो ।