काठमाण्डु – दृष्टि साप्ताहिकका सञ्चालक शम्भु श्रेष्ठ र कार्यकारी सम्पादन एमपी सुब्बासँग विशेष अदालतले जनही २५ हजार रुपैयाँ धरौटी मागेको छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले अदालतको अवहेलना मुद्दामा श्रेष्ठ र सुब्बालाई धरौटीमा छोड्न आदेश दिएको छ ।
अवहेलनामा यसअघि ३ दिनभित्र विशेष अदालतमा उपस्थित हुन श्रेष्ठ र सुब्बालाई आदेश गरिएको थियो । दृष्टि मिडियाका तर्फबाट कानून व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेल लगायतले बहस गरेका थिए ।




प्रतिक्रिया