काठमाण्डु – सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय असार २१ गतेसम्म छ । फाराम भर्न नपाएपछि विद्यार्थीहरू सर्वोच्च अदालत गएका हुन् ।
बिहीबार न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्न आदेश दिएको छ ।
खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी बार काउन्सिलले सूचना निकालेको विवाद अदालत पुगेको थियो ।




प्रतिक्रिया