सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेल, पौडेल र थापा नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेल, पौडेल र थापा नियुक्त

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका ३ न्यायाधीश नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थापा उच्च अदालत दिपायल र पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश र पोखरेल वरिष्ठ अधिवक्ता रहेका थिए ।

यसैबीच, वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।