काठमाण्डु – जेनजी प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजनी गरेका छन् ।
सर्वोच्च अदालतमा रहेका गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको हो ।
आन्दोलनकारी विशेष अदालतमा पनि आगजनी गरेका छन् भने महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरिएको छ ।
जिल्ला अदालत काठमाण्डुमा पनि आगजनी गरिएको छ ।




प्रतिक्रिया