नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा अधिकारीलाई थुनामा राख्न अदालतको आदेश

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा अधिकारीलाई थुनामा राख्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा नलिञ्चोकमा निर्माण भएको हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १३ करोड बढी बिगो दाबी गरेको छ ।

अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेकै दिन महानिर्देशक अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेको थियो । दुवैलाई पक्राउ गरेर अख्तियारले विशेष अदालतमा उपस्थित गराएको थियो ।

अदालतले पूर्वनिर्देशक भण्डारीलाई ५ लाख धरौटी माग गरेको छ ।