पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको छ ।

मंगलबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि अधिकारी यसअघिको भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । तसर्थ उनी रिहा नभई थुनामै बस्नेछन् ।

अदालतले क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि १ लाख रुपैयाँ धरौटी माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अधिकारीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।