संसद् पुन:स्थापना माग्दै सर्वाेच्चमा दायर कांग्रेस सांसदहरूको रिटमा मागबमोजिम हुने आदेश

संसद् पुन:स्थापना माग्दै सर्वाेच्चमा दायर कांग्रेस सांसदहरूको रिटमा मागबमोजिम हुने आदेश


काठमाण्डु – प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको निवेदनमा सर्वाेच्च अदालतले माग बमोजिम हुने आदेश गरेको छ ।

बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइपछि अन्तिम आदेश दिँदै अन्य रिटमा सरिक गर्ने आदेश भएको छ ।

विघटित प्रतिनिधि सभाका नेपाली कांग्रेसका ५७ संसदसहित अन्य दलका निवर्तमान सांसदले दायर गरेको रिट अब एकै रिटको रूपमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले नेपाली कांग्रेसका तर्फबाट श्यामप्रसाद घिमिरे सहितले दायर गरेको रिटमा सरिक गराउने आदेश गरेको छ ।

सर्वोच्चमा यसअघि नै कानुन व्यवसायीका तर्फबाट दायर भएका १२ रिट र नेकपा एमालेका तर्फबाट दायर भएको रिट विचाराधीन अवस्थामा छ ।