डा. संगीता विरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश

डा. संगीता विरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश


काठमाण्डु – विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रा लगायतको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश दिएको छ ।

आईतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाण बुझ्ने आदेश दिएको छ ।

गत कात्तिक २ गते स्वास्थ्य सेवा विभागका लागि मेमोग्राफी मशिन खरिद प्रक्रियामा अनियमितता गरी १४ करोड रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याएको दाबीसहित तत्कालीन महानिर्देशक मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा.सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, म्याक्सिम इनकर्पोरेसन ट्रेडर्स प्रालिका संस्थापक–सञ्चालक सुन्दर भुसालसहित १४ जनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।