सांसद शर्मालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सांसद शर्मालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले शर्मालाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टीको कर्णाली प्रदेश इन्चार्ज बनेका छन् । तसर्थ हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई पदमुक्त गर्न खोजेको थियो । नेकपाको निर्णयका आधारमा प्रदेशसभा सचिवालयले शर्मा पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो ।