भावी प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

भावी प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतको प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

प्रस्तावित नामहरू वरिष्ठताका आधारमा सिफारिस गरिएको छ । वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश भएर काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिनाअगावै परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ ।