काठमाण्डु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
आईतबार निवेदक पक्षका वकिलहरूको बहस सकिए पनि सरकार पक्षको बहस सोमबारका लागि तोकिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइमा रिट निवेदक पक्षका वकिलले पक्राउको कानूनी र संवैधानिक आधार नरहेको जिकिर गरेका छन् ।
हेर्दाहेर्दैमा सोमबार सरकारी पक्षका वकिलले त्यसको प्रतिवाद गर्दै बहस गर्नेछन् । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीको मृत्यु भएको घटनामा जाँचबुझ आयोगका प्रतिवेदनका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया