काठमाण्डु – नक्कली कागज बनाएर रेशम चौधरीलाई जेल पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई जिल्ला अदालत काठमाण्डुले लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।
आईतबार न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को सुनुवाइ गर्न आदेश दिएको छ । मुद्दामा ३ वर्षभन्दा बढी कैद सजाय हुनेछ ।
सर्वोच्चका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तत्कालीन संस्थापक नेता रेशम चौधरी पक्राउ परेपछि तरङ्ग उत्पन्न भएको थियो । पत्र नक्कली भएको थाहा भएपछि अधिकृत विष्ट पक्राउ परेका थिए ।




प्रतिक्रिया