काठमाण्डु – सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दुवै रिट खारेज गर्दै परमादेश जारी हुने फैसला गरेको छ ।
रिट खारेज गरे पनि अदालतले अब दुवैको थुना अवधि बढाउन म्याद थप नगर्न परमादेश जारी गरेको छ । तसर्थ अब प्रहरीले पछिल्लोपटक थपिएको म्यादभित्र अभियोजन गर्नुपर्ने वा रिहा गर्नुपर्ने भएको छ ।




प्रतिक्रिया