काठमाडौं— तनहुँ जिल्ला अदालतका अवकाशप्राप्त न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
न्यायपरिष सचिवालयले उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाई मुद्दा दर्ता गरेको हो ।
उपाध्यायमाथि भ्रष्टाचार नियन्त्रण ऐन २०५९ अनुसार कारबाही र सजाय माग गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । आरोप पुष्टि भए उनलाई ६ महिनादेखि एक वर्ष कैद र १० देखि २० हजार रुपैयाँसम्म सजाय हुनेछ । तनहुँमा जिल्ला न्यायाधीश रहेका उपाध्यायले आफूमाथि कारबाही हुने सुइँको पाएपछि राजीनामा दिएका थिए।
न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया