काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको छ ।
बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । रिटमाथिको प्रारम्भिक सुनुवाइ भोलि बिहीबारका लागि तोकिएको छ ।
रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको शेयर कारोबारसँग जोडेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले असार ८ गते सुर्खेतबाट पौडेललाई पक्राउ गरेर काठमाण्डु ल्याएको थियो ।
विशेष अदालतले पौडेललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको छ ।




प्रतिक्रिया