कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदर, थापा पदमुक्त

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदर, थापा पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गरेको छ ।

सर्वाेच्च अदालतको पूर्ण इजलाशले विश्वासको मत बदर गरेसँगै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।

सभाध्यक्षता गरेका सांसद इस्रायल मन्सुरीले मतदानको समय सकिएपछि मतदान गरेर विश्वासको मत दिएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वाेच्च अदालतको पूर्ण इजलाशमा न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीले रिटमाथि सुनुवाइ गरेका थिए ।