शब्दकोशबाट ॐ हटाउने निर्णय विरुद्धको रिटमा सर्वोच्चले एमिकस क्युरीको राय लिने

शब्दकोशबाट ॐ हटाउने निर्णय विरुद्धको रिटमा सर्वोच्चले एमिकस क्युरीको राय लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बृहत् नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरीको राय लिने भएको छ ।

सर्वोच्चले नेपाल बार एशोसिएशनलाई व्याख्याका लागि भाषा र कानूनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन भनेको छ ।

अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजालसले कम्तीमा ३ जना एमिकस क्युरी पठाउन आदेश गरेको छ ।

षड्यन्त्र गरी विदेशी प्रभावमा परी नेपाली भाषा, संस्कृति र परम्पराको अन्त्य गर्न ॐ शब्द शब्दकोशबाट झिकिएको भन्दै रिट दायर गरिएको थियो ।