रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वाेच्चबाट बदर

रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वाेच्चबाट बदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहालाई बदर गरेको हाे ।

रिगललाई माफी दिने निर्णय अपराध पीडितको हक प्रतिकूल देखिएको अदालतको ठहर छ ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले आज बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको छ ।

बाँकेको नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल दोषी ठहर भएका थिए । रिगल नेपाली कांग्रेस निकट मानिन्छन् ।