काठमाण्डु – टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारदेखि बहस हुने भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमबारका लागि पहिलो पेशी तोकिएको छ ।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन नै सर्वोच्च अदालतमा रिट दायर भएका छन् ।
रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गते पहिलो पेशी तोकिएको छ । भोलि शनिबार र पर्सि आईतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारका लागि पेशी तोकिएको छ ।
सरकारको निर्णय गैरकानूनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठी लगायतले टिकटकमाथि लगाइएको रोक तत्काल फुकाउन अदालतमा रिट दायर गरेका छन् ।




प्रतिक्रिया