काठमाण्डु – वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयमा सर्वाेच्च अदालतले ‘ब्रेक’ लगाएको छ ।
सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै डा. पौडेललाई वीरबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
आज मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
अब डा. सन्तोषलाई पुनः वीर अस्पतालमा फर्किने भएका छन् । गत मंसिर १४ गते मन्त्री बस्नेतले उनलाई हटाएपछि सर्वाेच्चमा रिट दायर गरिएको थियो ।




प्रतिक्रिया