काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाेच्च अदालतका ६ न्यायाधीश नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको उल्लेख छ ।
उच्च अदालत जनकपुरका न्यायाधीश सारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल, उच्च अदालत पाटनका न्यायाधीशटेकप्रसाद ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिल कुमार पोखरेल र वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको छ ।





प्रतिक्रिया