स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्पष्टीकरण सोधेर बसौलालाई गत कात्तिकमा ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएपछि उनी अदालत गएका थिए ।