वीर अस्पतालका बिरामीको खाना–खाजा कटौती नगर्न सर्वोच्चको अन्तरिम आदेश

वीर अस्पतालका बिरामीको खाना–खाजा कटौती नगर्न सर्वोच्चको अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीस्थित वीर अस्पतालले बजेट अभाव भन्दै बिरामीको खाजा र खाना कटौती गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीश हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेश दिएको छ ।

यसअघि पुस १८ गते न्यायाधीश बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

अधिवक्ता विमल पोखरेलले वीर अस्पतालमा बिरामीको खाजा र खाना कटौती गरिएको भन्दै निर्णय कार्यान्वयन रोक्न भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि आज सर्वोच्चबाट अन्तरिम आदेश भएको छ ।

सरकारले वीर अस्पतालमा चालू आर्थिक वर्षको बजेटमा खाना, खाजा र अक्सिजनका लागि बजेट विनियोजन गरेको छैन ।