अख्तियारले पक्राउ गरेका पौडेलद्वयलाई ७ दिनसम्म थुनामा राख्न अनुमति

अख्तियारले पक्राउ गरेका पौडेलद्वयलाई ७ दिनसम्म थुनामा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन विशेष अदालतले अनुमति दिएको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोपीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेको भोलिपल्ट बिहीबार अख्तियारले दुवैलाई विशेष अदालतमा उपस्थित गराएको थियो ।

नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेर अख्तियारले सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार प्रकरणमा छानबिन गरिरहेको छ ।