सुन तस्करी प्रकरणमा जोडिएका राहुललाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

सुन तस्करी प्रकरणमा जोडिएका राहुललाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले सुन तस्करी प्रकरणमा थुनामा रहेका अभियुक्त राहुल महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

भन्सार चोरी पैठारी र संगठित अपराधको कसूरमा थुनामा रहेका महरालाई उच्च अदालतले समेत जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिँदै थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाण्डु जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

६० किलो सुन तस्करीका प्रमुख पात्र रहेका दावा छिरिङ लगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध सीआईबीको प्रतिवेदनको आधारमा काठमाण्डु जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र संगठित अपराधमा मुद्दा दायर भएको थियो ।