काठमाण्डु – बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थप २ दिन हिरासतमा राख्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ ।
गत बिहीबार पक्राउ परेका चौधरीलाई यसअघि ४ दिन हिरासतमा राख्न अनुमति दिइएकोमा थप २ दिन हिरासतमा राखिने भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो । काठमाण्डु जिल्ला अदालतले थापा र ठाकुरलाई पनि २ दिनको म्याद थप गरेको छ ।
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले समय अपुग भएपछि म्याद थप गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया