जीवितै श्रीमानको मृत्यु दर्ता गरेर एकल भत्ता खाने महिलालाई ३ महिना कैद सजाय

जीवितै श्रीमानको मृत्यु दर्ता गरेर एकल भत्ता खाने महिलालाई ३ महिना कैद सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जीवित श्रीमानको मृत्यु दर्ता गराएर एकला महिला भत्ता खाने १ जनालाई ३ महिना कैद सजाय भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३ बस्ने रामबाबु खत्रीको मृत्यु दर्ता गराएर करीब १२ महिनासम्मको एकल महिला भत्ता खाएको प्रकरणमा श्रीमती निर्मला खत्री दोषी ठहर भएकी छन् ।

उनलाई आफ्ना जीवित श्रीमानको मृत्यु भएको भनी विवरण पेश गरी गलत लिखत बनाएर मृत्यु दर्ता गरी एकल महिला भत्ता खाएको प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालतले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

तत्कालीन वडा सचिव शिवकुमार महतोलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ को कसूरमा सोही दफा बमोजिम ३ महिना कैद र १० हजार जरिवाना भएको छ ।

तत्कालीन वडा सचिव महतोले २०७८ भदौ २१ गते नै एकल महिला भत्ताको परिचयपत्र त्यही दिनदेखि लागू हुने गरी बनाइदिएका थिए ।