काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका छन् ।
सोमबार हतियारसहित सर्वोच्च अदालत प्रवेश गरेका प्रसाईंका दुवै बडीगार्डलाई तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतमा रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि भोलि बुधबार पेशी तोकिएको छ ।
इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ ।




प्रतिक्रिया