चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द

चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च आइतबारबाट देशभरका सबै हदालत बन्द हुने भएका छन् ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्ने  उपायका बारेमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन ।

नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न अदालतसमक्ष आग्रह गरेको थियो । बारले यही चैत ४ प्रेस विज्ञप्तिमार्फत मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न आग्रह गरेको थियो ।

अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दीप्रत्यक्षीकरणको अत्यावश्यकबाहेक सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले आग्रह गरेको हो ।

अदालतमा धेरै सेवाग्राहीको भीडभाड हुने कोरोनाको सङ्क्रमणको सम्भावना हुने हुँदा सङ्क्रमणको सम्भावना न्यूनीकरण गर्न माग गरिएको थियो ।

सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।