प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानका परराष्ट्र राज्यमन्त्री ताकेई सुनसुकेले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको निर्वाचन आयोगले जनाएको छ।

राज्यमन्त्री ताकेईले आइतबार सम्पन्न निर्वाचन प्रक्रियाको प्रशंसा गरेका थिए भने थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे। उनी आमनिर्वाचनको अवलोकनका लागि नेपाल आएका थिए।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।