शितल निवासमा राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

शितल निवासमा राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

फाेटाे:रासस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु –  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिसँग भेट्नुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

त्यस्तै उनले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।