आज ५३ जनामा कोरोना संक्रमण पुष्टि

आज ५३ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, ४२ हजार पाँच सय चार जना डेंगु संक्रमित भएका छन् भने ५१ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।