चीनमा कोरोना संक्रमित बढे, एकै दिन १३ हजार जनामा संक्रमण पुष्टि

चीनमा कोरोना संक्रमित बढे, एकै दिन १३ हजार जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो ।

चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १ हजार ४ सय ५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।