प्रदेश १ को कृषि तथा सहकारी राज्यमन्त्रीलाई कोरोना संक्रमण

प्रदेश १ को कृषि तथा सहकारी राज्यमन्त्रीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कटारी – प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो ।

उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै आएकी छिन ।

राज्य मन्त्री घलेसँगै स्वकीय सचिव सञ्जिब कार्की, पीएसओ र सवारी चालक समेत कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।