काठमाण्डु – पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार २ सय ४३ पिसिआर परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।
हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म झण्डै २३ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् ।




प्रतिक्रिया