थप २ हजार ३२८ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

थप २ हजार ३२८ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १० हजार १३३ जनाको परीक्षण गरिएकोमा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ ।

यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको कुल संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । आज कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १९८ पुगेको छ ।