बलिउडका निर्देशक भन्सालीलाई कोरोना संक्रमण


काठमाण्डु – बलिउडका निर्देशक सञ्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि उनी घरमै क्वारेन्टाइन बसेका छन् ।

उनलाई कोरोना संक्रमण भएपछि फिल्म ‘गंगूबाई काठियावाडी’ को सुटिङ रोकिएको छ । एबीपीलाइभमा प्रकाशित समाचारअनुसार यो फिल्मको हाल मुम्बईको फिल्मसिटीमा सुटिङ भइरहेको थियो ।

गत फेब्रुअरीमा अभिनेत्री आलिया भट्टको शीर्ष भूमिकामा अभिनय रहेको यो फिल्मको टीजर सार्वजनिक भएको थियो । फिल्म यसै वर्षको जुलाई ३० मा रिलिज हुँदैछ ।

फिल्ममा अजय देवगनको पनि अभिनय छ । फिल्ममा उनको छोटो भूमिका रहे पनि महत्वपूर्ण रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement