काठमाण्डु – खोटाङमा कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाकी २४ वर्षीय गुरागाईं थरकी महिलाले शनिबार राती स्वस्थ बच्चा (छोरी)लाई जन्म दिएकी हुन् ।
शनिबार दिउँसो याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी गुरागाईँले पहिलो सन्तान जन्माएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।
नवजात शिशुको तौल ३ सय ग्राम रहेको स्वास्थ्यचौकी याम्खाले जनाएको छ । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया