प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना संक्रमण भएको पाइएको छ । सो अवधिमा मोरङमा ५४, सुनसरीमा २४, इलाममा छ, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका एक जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।